झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

राजेन्द्र पाण्डे आज बागमतीको मुख्यमन्त्री हुँदै

काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डे आज बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लाग्नुभएको थियो ।

कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले हिजो नै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । उहाँले दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ ।

नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १० : ३७ बजे