झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमाले अधिवेशन: विराटनगरमा थापा चयन

विराटनगर – नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन् । मंगलबारदेखि जारी अधिवेशनले थापाको नेतृत्वमा ९१ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जय प्रकाश महतो चयन भएका छन् । १०१ सदस्यीय कमिटीमा अधिवेशनले ९१ सदस्यीय कमिटी चयन गरेको छ भने १० जना बैठक बसेर मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष थापाले बताए ।

महानगरको अधिवेशनमा अध्यक्षका दुई जना आकांक्षी देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र बुधबारसम्मका लागि स्थित गरिएको थियो । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य परशुराम बस्नेत मैदानमा देखिएका थिए । बस्नेतले सचिवमा कोइरालालाई दिने शर्त राखेपछि नेतृत्व चयन ढिलो भएको थियो ।

सचिवका प्रत्यासी राधेश्याम कट्टेलले चुनावमै जाने बताएपछि जिल्ला कमिटीका नेताहरूले हस्तक्षेप गरेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए । 

एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ०४ बजे