झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

मुख्यमन्त्री शाक्यले बुझाइन प्रदेश प्रमुख समक्ष राजिनामा

मकवानपुर, १० कात्तिक । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा बुझाउनुभएको छ ।  प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर उहाँले राजिनामा बुझाउनुभएको हो । 

एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गर्नुभएको थियो । शाक्यको राजिनामा पछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन् । 

शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एकल बहुमत अर्थात् एमालेका ५६ जना प्रदेशसभा सदस्यको समर्थन दावी गर्दै मुख्यमन्त्री बन्नुभएकी शाक्य पार्टी विभाजन भई १३ सदस्य एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा पर्नुभएको थियो । अहिले प्रदेशमा एमालेका ४३ जना मात्रै सांसद छन् । 

बाग्मती प्रदेशसभामा एक सय नौ जना प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनको लागि ५५ सदस्यको समर्थन आवश्यक पर्छ । नेकपा एमाले विभाजनपछि १३ जना सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ जना मात्रै सदस्य छन् । 

यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी ९जसपा० को एकजना प्रदेशसभा सदस्य छन् । अब बाग्मतीमा गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : ५५ बजे