झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मकवानपुर, १० कात्तिक । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ  । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गर्नुभएको थियो । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उहाँले विश्वासको मत नलिई पदबाट राजीनामा दिनुभएको हो ।

प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा ९एस०का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ३० बजे