झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं –  एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेभित्र लामो समयसम्म अराजक र अनुशासनहीन रहेको र अहिले सो समूह बाहिरिएको बताउनुभएको हो । 

पार्टीलाई बद्नाम गराउने, आन्तरिक कुरा लगेर बाहिर छताछुल्ल बनाउने, पार्टीको प्रभावलाई कम गराउने कार्यलाई मान्य नहुने भन्दै उहाँले स्वस्छ प्रतिस्पर्धासहित लोकतान्त्रिक आचारण एमालेमा रहने विश्वास व्यक्त गर्नुभयो । 

एमालेको एकता र सर्वसम्मतिले विधान महाधिवेशन हुँदा एमालेमा किन विवाद भएन भनेर चर्चा भएको भन्दै उहाँले विरोधीको चाहनाअनुसार एमाले नचल्ने बताउनुभयो । 

विरोधीको चाहनामा चिसोपानी खन्याउने भन्दै उहाँले देश र जनताको चाहनाअनुसार पार्टी चल्ने उल्लेख गर्नुभयो । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : ५१ बजे