झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

तीन तहकै निर्वाचनको तयारी थाल्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अब मुलुक तीन तहकै निर्वाचनतर्फ जाने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिनुभएको छ । 

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले केन्द्रीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन गर्ने गरी मुलुकअघि बढ्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिनुभएको हो । 

यद्यपि, मिति र समय भने अहिले नै तय भइनसकेको भन्दै उहाँले अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने बताउनु भएको छ । 

कानुनको गलत प्रयोगबाट एमालेका हरेक नेता कार्यकर्तामाथि पीडा दिएको बताउनु हुँदै ओलीले एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्नसमेत नदिने गरी आदेशहरू जारी भएकाे टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : २४ बजे