काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेको विकल्पमा कुनै पार्टी नरहेको बताउनु भएको छ ।
थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधान, लोकतन्त्र, राष्ट्रिय हितको रक्षा गर्न एमालेको विकल्प नरहेको बताउनु भएको हो ।
उहाँले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न नेता कार्यकर्ताहरूमा आह्वान पनि गर्नुभयो ।
बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको मात्र आज अधिवेशनमा हुन लागेको हो । गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।
एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।
प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार १ : ५५ बजे
प्रतिक्रिया