झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने/नपर्ने कुनै पक्षमा छैन- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा भैरहेको विवादबारे आफ्नो पार्टी दाउपेचमा नफस्ने बताउनु भएको छ । अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै उहाँले निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाई छ । 

मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो, हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’ 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने/नपर्ने विषयमा भने एमालेको कतैपट्टि पक्षधरता नरहेको उहाँले  स्पष्ट पार्नु भयो । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : ५६ बजे