झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

खोटाङका १० पालिकामा एमालेको अधिवेशन हुँदै, ७५० जनाले नयाँ जिम्मेवारी पाउने 

खोटाङ – खोटाङका १० वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदैछ । आसन्न १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पालिका अधिवेशन हुन लागेको हो । पालिका अधिवेशनको तयारी पूरा भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । 

एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने एमालेले जनाएको छ । पालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप-सचिव र सदस्य चयन गरिने छन् । पालिका अधिवेशन सर्वसहमति ढंगबाट टुंग्याइने अध्यक्ष दंगालले बताए । 

पालिका अधिवेशनका लागि जिल्लाका ७९ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ७८ वडाको अधिवेशन सकिएको छ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको अधिबेसन भने प्रतिनिधि चयन गरेर स्थगित भएको छ । पालिका अधिवेशनपछि सो वडाको अधिवेशन टुंग्याइने एमालेले जनाएको छ । ७८ वडा अधिवेशनबाट २ हजार ४१८ वडा स्तरीय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन् । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ५३ बजे