काठमाडौं ।सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकपल्ट उहाँको कुरा सुन्ने मौका दिनुपर्ने निष्कर्ष निकालेका छन् ।
सोमबार बिहान ११ बजेदेखि सर्वोच्च अदालतमा भएको छुट्टै बैठकमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको धारणा नसुनी निर्णय लिन हतार हुने पनि निष्कर्ष निकालेका छन् ।
‘प्रधानन्यायाधीशज्यूलाई एकपल्ट उहाँको धारणा सुन्न मौका दिनुपर्छ भन्ने बैठकको निष्कर्ष रह्यो,’ एक न्यायाधीशले न्युज कारखानासँग भने, ‘उहाँको धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय हुनेछ ।’
प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ५ : ११ बजे
प्रतिक्रिया