झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप ३६५ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ५ हजार ५९४ जनामा परिक्षण गर्दा ३६५ जनामा कोरोना संक्रमण देखिएको हो ।   

यस्तै, आज थप ६०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २६१ पुगेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ४ : ५१ बजे