झ्याप्लेखोलाबाट २५ शव निकालियो

राष्ट्रपतिले उपत्यकाको शक्तिपीठहरूको दर्शन गर्नुहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने हुनु भएको छ । 

आज बुधबार बडादसैँका महाअष्टमीको दिन पारेर राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्न लाग्नु भएको हो । उहाँले बुधबार अपरान्ह ४ बजेबाट शक्तिपीठहरूको दर्शन गर्ने समय तालिका रहेको छ । 

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्न लाग्नुभएको हो ।  

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १ : ५८ बजे