झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप ७९२ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ हजार ६१९ जनामा परिक्षण गर्दा ७९२ जनामा कोरोना संक्रमण देखिएको हो ।   

यस्तै, आज थप ९१० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २५७ पुगेको छ ।

​​​​​​

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ५ : ४९ बजे