झ्याप्लेखोलाबाट २५ शव निकालियो

घान्द्रुक गइरहेको जीप मोदीखोलामा दुर्घटना, ८ को मृत्यु

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गइरहेको जीप मोदी खोलामा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ।

ज्यान गुमाउने चालक ४२ वर्षीय खुसीमान क्षेत्री छन्। अन्य ज्यान गुमाउनेहरूमा  काठमाडौं महानगरपालिका–३ गंगबुका १८ वर्षीय जीनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले छन्। 

सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते २० वर्षीय देवीका घिसिङको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ५ : ३१ बजे