झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १२ हजार १९५ जनामा परिक्षण गर्दा ७८५ जनामा कोरोना संक्रमण देखिएको हो ।   

यस्तै, आज थप ८८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २४३ पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : १६ बजे