झ्याप्लेखोलाबाट २५ शव निकालियो

गुल्मीमा चिर्पटले हानेर महिलाको हत्या

गुल्मी । गुल्मीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको हत्या भएको हो । २५ वर्षको प्रकाश विकको चिर्पट प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार बेलुकी बजारबाट घर फर्किने क्रममा घर नजिकै बाटोमा प्रकाश विकले चिर्पट दाउराले टाउकोमा हानेर घाइते महिलाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ५० बजे