झ्याप्लेखोलाबाट २५ शव निकालियो

चितवनमा बसको ठक्करबाट बालकको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।

बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ३९ बजे