झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रहरीको गोली लागेर चार सुकुम्बासीको मृत्यु

काठमाडौं । रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार  जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएर अस्पताल पुगेका १३ जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको र तीन जनाको अस्पताल पुग्नु पूर्व नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा मोतिपुर तनावग्रस्त भएपछि आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरिएको छ । 

आइतबार बिहानै प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच दोहोरो झडप भएको थियो । प्रहरीले कयौँ राउण्ड अश्रुग्यास र हवाइफायर गरेपछि प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले गोली चलाइएको थियो ।

सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । 

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : २१ बजे