झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप ५९६ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १२ हजार ४०४ जनामा परिक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण देखिएको हो ।   

यस्तै, आज थप ८७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २३१   पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ५ : ५५ बजे