झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १० हजार ६८८ जनामा परिक्षण गर्दा ७६४ जनामा कोरोना संक्रमण देखिएको हो ।   

यस्तै, आज थप १ हजार ३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २१०   पुगेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : २१ बजे