झ्याप्लेखोलाबाट २५ शव निकालियो

सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ  – गल्छी गाउँपालिका  वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो । 

यातायात अवरुद्ध हुँदा दसँैका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

रासस

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ४ : ०१ बजे