काठमाडौं – नेकपा (एस) निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किनुभएको छ ।
माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहनुभएकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा हुनुहुन्थ्यो ।
हालै गोदावरीमा सम्पन्न भएको एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा (एस)सँगको आबद्धता तोड्नुभएको हो ।
क्रान्तीलाई २०७५ जेठ २ अघिकै जिम्मेवारी दिनेगरि छलफल भइरहेको युवा संघका अध्यक्ष किरण पौडेलले बताउनुभयो । उहाँ जेठ २ अघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार ३ : ५८ बजे
प्रतिक्रिया