झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १६५ र एन्टिजेन विधिबाट ४ हजार ३०० जनामा परिक्षण गर्दा एक हजार ४३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९८ हजार ७६६ र एन्टिजेनबाट ९२ हजार ६५२ जना पुगेको छ ।  

यस्तै, आज थप ८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७२ हजार २९९ जना पुगेको छ । निको हुने दर ९६.६ प्रतिशत रहेको छ ।   

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १९२ पुगेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : ४७ बजे