झ्याप्लेखोलाबाट २५ शव निकालियो

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो बस्न लागेको जसपा कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा मन्त्रीको नाम चयन, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल हुनेछ । यसअघि मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठकमा यसबारे छलफल गर्न लाग्नुभएको हो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : ०६ बजे