झ्याप्लेखोलाबाट २५ शव निकालियो

चन्द्रागिरिमा राष्ट्रप्रमुखको निजि भ्रमण (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो परिवारका सदस्यहरु सहित  ऐतिहासिक एवं पर्यटकीय स्थल चन्द्रागिरि  पुग्नुभएको छ । नितान्त पारिवारिक र निजि भ्रमणमा राष्ट्रपति भण्डारीले सोमबारको रात त्यहीँ बिताउनु भयो । राष्ट्रपति भण्डारीसँग उहाँका दुई छोरी, ज्वाईहरु, दुई नातिनी, भाई, देवर लगायत परिवारका सदस्यको सहभागिता थियो । 

परिवारका सदस्यहरुसँग बसेर उहाँले चन्द्रागिरिको चुचुरोबाट काठमाडौं उपत्यका नियाल्नु भएको थियो । मंगलबार बिहान प्रसिद्ध शिवमन्दिर भालेश्वर मन्दिरमा पूजा गरी चद्रागिरि रिसोर्टमा खाना खाएर उहाँ राष्ट्रपति कार्यालय, शीतल निवास फर्कनु भएको छ । राष्ट्रपति भण्डारीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्नुका साथै त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउनु भएको थियो ।  

​​​​​​​

तस्वीर : सुनिल महर्जन 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ४३ बजे