झ्याप्लेखोलाबाट २५ शव निकालियो

कौशलटारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तरगत मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ स्थित कौशलटार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुने मोटरसाइकल चालक पर्सा, बिरगंञ्ज महानगरपालिका वडा नं. २० घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष ३० को लोकनाथ ठाकुर रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३२ प ६६७३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ठाकुरलाई उपचारका लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

मोटरसाईकलमा पछाडि सवार वीरगन्ज नै घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर रौतहटमा कार्यरत प्रहरी हवलदार सियाराम सिंहको भने नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १२ : १९ बजे