भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मन्त्रालय भागबण्डा मिलाउन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । मन्त्रिपरिषद् बिस्तार लगायतका विषयमा छलफल गर्न सत्तारूड दलको बैठक बालुवाटरमा बसेको छ । बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको  बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधि सहभागी छन् ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार  ‘अहिले पाँच दलको बैठक जारी रहेको छ । बैठकमा केही निर्णय भयो भने लगत्तै माओवादी केन्द्रको स्थायी समिति बैठक बस्छ,’ सचिव ढकालले भन्नुभयो, ‘आज बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारका लागि नेताहरुको नाम टुङ्गो लगाउछ ।’ जानकारी दिनुभयो ।

आइतबार बस्ने स्थायी समिति बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आइतबार बस्ने बैठकले मन्त्रि बन्ने नेताको नाममा छलफल गरेर टुङ्ग्याउने बताउनुभएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५,५ मन्त्रालय राख्ने सहमति भइसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १ : २७ बजे