भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एमाले विधान महाधिवेशन : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग

काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत सुझाव दिने नेताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरेका छन् ।

समूहगत छलफलपछि टोली नेताहरु जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियु अध्यक्ष सुनिता बराल, प्रदेश नम्बर २ बाट ज्वालाकुमारी साह, उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवासबाट सुजीता शाक्य तथा गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरेका छन् ।

टोली नेताहरुले अहिलेकै शासकीय स्वरुपमा जाँदा झन् अस्थिरता बढेको भन्दै एमालेले संविधान निर्माणताका प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरेका हुन् ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ११ : १७ बजे