भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रचण्डलाई आफुसँग चुनाव लडेर जितेर देखाउन गोकुल बाँस्कोटाको चुनौती

​​​​​​​काठमाडौं । नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काभ्रेमा आफूसँग निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी हुन चुनौती दिनु भएको छ ।
शिक्षक सङ्गठन काभ्रेले आयोजना गरेको बृहत् जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै  पूर्व मन्त्री बास्कोटाले प्रचण्डलाई आफुमाथि र प्रचण्डमाथि लागेका आरोपहरुबारे निष्पक्ष छानबिन गर्न तयार रहन चुनौती दिन्भयो । 
 ‘२०६४ साल गई सके अध्यक्ष प्रचण्ड, सक्नुहुन्छ भने सङ्घीय निर्वाचनमा क्षेत्र नम्बर २ मा म सँग प्रतिस्पर्धा गर्नुस्’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘आरोप लगाउँदैमा हुँदैन तपाई र म दुवैको निष्पक्ष छानबिन गर्न तयार हुनुस् ।’
बाँस्कोटाले माओवादी पार्टीले राजनीतिरुपमा काग्रेंसको पुच्छर समातेर समावजाद ल्याउँछु भन्दै आत्महत्या गरिसकेको बताउँनुभयो  ।
‘भौतिक रूपमा हिटलरले आत्महत्या गरे जस्तो अध्यक्ष प्रचण्ड तपाई नगर्नुस तर तपाईँको पार्टीले आत्महत्या गरिसकेको छ’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘काँग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैमा समाजवाद आउन सक्दैन ।’बाँस्कोटाको भनाई थियो । 

‘श्रीमान् प्रचण्ड काभ्रेमा चुनाव लड्न आउनुस्, तथ्यमा बहस गर्नुस्, बैक लुट्नेहरू, विद्यालय, स्वास्थ्य चौकी, पुल पड्काउनेहरूले लगाएको आरोपका सन्दर्भमा फेस टु फेस बहस गर्न तयार छु’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘तथ्य र आधार हिन आरोप लगाउँदै नहिँड्नुस् ।’ 


केही दिन एकीकृत माओवादीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले गोकुल बास्कोटाको नाम नलिई बास्कोटाका बारेमा आलोचना गरेका थिए ।

पूर्व मन्त्री बास्कोटाले नेकपा एमाले राष्ट्रियताका सवालमा प्रस्ट भएकाले गठबन्धनमा रहेका दलहरूलाई एमसिसी पास गरेर देखाउन चुनौती दिनु भयो । ‘प्रचण्ड, शेरबहादुर देउवा र तिनै ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता गरेका हैनन्’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘जय सिंह धामी मर्दा चुँ सम्म गर्न नसक्ने गठबन्धनले राष्ट्रियताको कुरा गर्ने ? कम्फरटेबल सरकार लम्पसरबादी भईसकेको छ ।’

कार्यक्रममा मन्त्री बास्कोटाले नेपालमा विकास सहितको रुपान्तरण केपी ओली नेतृत्वको सरकारले सुरु गरेको बताउँदै काभ्रेपलान्चोक जिल्लामा विद्यालय, स्वास्थ्य संस्था, सडक, खानेपानी, सञ्चार तथा अन्य पूर्वाधारको काममा फड्को मारिसकेको बताउनभुयो । उहाँले काभ्रेमा तीन वटा विश्वविद्यालय निर्माणको प्रक्रिया आरम्भ हुनु जिल्लाको समृद्धिको महत्त्वपूर्ण कार्य भएको बताउनु भयो ।

सरकारी विद्यालयको र शिक्षकहरूको गुणस्तर वृद्धि गर्न असहज भएका विषयमा पत्ता लगाई तत्काल समाधान गर्नु पर्ने बाँस्कोटाले बताउनुभयो ।  सबै प्रकारका शिक्षकहरूको समान हैसियतका लागि शिक्षा ऐन तत्काल जारी गर्न आफुहरुले पहल गर्ने बाँस्कोटाले बताउनु भयो ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष लक्ष्मण कार्कीले शिक्षकहरूका तमाम समस्या ऐन जारी हुन नसक्दा रोकिएको बताउनु भयो ।

सरकारले शिक्षा ऐनलाई ढिलाइ गरेकाले शिक्षकहरूको वृत्ति विकास तथा अन्य समस्या कायम रहेको उहाँले बताउनु भयो । अध्यक्ष श्यामप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरका शिक्षकहरूको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष माधव अधिकारी, बागमती प्रदेश सदस्यहरू सुभद्रा अधिकारी, गोविन्द रेग्मी, शिक्षक महासङ्घ काभ्रेका उपाध्यक्ष साधुराम दाहाल, शिक्षक हित सहकारीका अध्यक्ष ओम थपलिया, बनेपा नगर समितिका अध्यक्ष जीवन भण्डारी, महाभारत गाउँ समिति अध्यक्ष हिराबहादुर राना, प्रधानाध्यापकहरू शिवकुमार पौड्याल, लक्ष्मी अधिकारी, रामचन्द्र थापा लगायतका शिक्षकहरूले ऐन नहुँदा शिक्षकहरूमाथि विभेद भएको, स्थानीय सरकारले शिक्षा सम्बन्धी कार्यविधि बनाएर अन्याय गरिरहेको बताउनुभएको थियो । 
 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ५ : ५८ बजे