झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप १ हजार ६६ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ३६८ जनामा परिक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ९३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय  संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १४८ पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : २१ बजे