भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

विधान महाधिवेशन : बाधा अड्का फुकाउ प्रस्ताव पारित

काठमाडौं। नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गर्नुभएको छ ।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान महाधिवेशनमा उपमहासचिव पौडेलले बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गर्नुभएको हो । विधानको बाधा अड्का फुकाउ प्रस्ताव पारित भएको छ ।

एमालेले महाधिवेशन सञ्चालनका लागि बिधानको धारा १५ क र १९ क संशोधन गरेको हो । एमालेले एमाले र माओवादी केन्द्रबीच एकीकृत भई बनेको नेकपाकै निरन्तरताको रुपमा नेकपा एमाले रहेको बिधानमै प्रष्ट किटान गरेको छ । बिधान महाधिवेशनका लागि आवश्यक राष्ट्रिय प्रतिनिधि परिषदको यसअघिको ब्यवस्थामा फेरबदल गरी नयाँ प्रस्ताव गरिएको हो ।

जसअनुसार राष्ट्रिय प्रतिनिधि परिषदमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिका पदाधिकारी तथा सदस्य राष्ट्रिय प्रतिनिधि परिषद गठन नभएको अवस्थामा नयाँ ब्यवस्था गरिएको छ । यसैगरी केन्द्रीय बिभागका पदाधिकारी र सदस्य गरी छनोट भएका १० जना, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीबाट छनोट गरिएका एक महिलासहित दुई प्रतिनिधि, जिल्ला कमिटीबाट छनोट गरिएका दलित प्रतिनिधि एक,जनबर्गीय संगठनका केन्द्रीय कमिटीका पदाधिकारीमध्येबाट छनोट भएका १० जना प्रतिनिधि राष्ट्रिय परिषद सदस्य रहने ब्यवस्था गरिएको छ ।

यस्तै पार्टी सदस्य रहेका संघीय संसद र प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, पालिकामा निर्वाचित प्रमुख उपप्रमुख र केन्द्रीय कमिटीबाट मनोनीति १० प्रतिशत सदस्य रहने ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ३५ बजे