झ्याप्लेखोलाबाट २५ शव निकालियो

यस्ता छन् दशैँका साइत [सूचिसहित]

काठमाडौं ।  गृह मन्त्रालयले यस वर्षको दशैँको शुभसाइत सार्वजनिक गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन् । उनका अनुसार टीकाको साइत २९ असोज १० बजेर २ मिनेटमा रहेको छ । 

दशैँसँग सम्बन्धित साइतहरू:-

२१ असोज बिहीबार- नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे

२२ असोज शुक्रबार- झण्डा फेर्ने, बिहान ११:५६ बजे  (पश्चिम मोहडा)

२५ असोज सोमबार- श्री पचलीभैरव यात्रा

२६ असोज मंगलबार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे स्थिरासन बिहान ८:४४ बजे 

२७ असोज बुधबार- महाअष्टमी, कालरात्रि 

२८ असोज बिहीबार- महानवमी

२९ असोज शुक्रबार- विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे टीका- बिहान १०:२ बजे श्री तुलजाभवानी यात्रा- बिहान ७: १ बजे  स्थिरासन- बिहान ८:३२ बजे, खड्गयात्रा

२ कात्तिक मंगलबार- अखिल बलिपूर्ति

२ कात्तिक मंगलबार- कोजाग्रत व्रत

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १० : ०१ बजे