झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप १ हजार ७८ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ७६५ जनामा परिक्षण गर्दा १ हजार ७८ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ९११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय  संक्रमितको संख्या १८ हजार १६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १३५  पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ५ : ३४ बजे