भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रावलद्वारा पार्टी परित्याग, एमाले प्रवेश गर्ने घोषणा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गर्नुभएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर उहाँले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नुभयो । उहाँले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाउनुभयो ।

रोकायाले आफू फेरि नेकपा एमाले मा फर्कने तयारीमा रहेको पनि स्पष्ट पार्नुभयो । एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भइरहेको उल्लेख गर्दै रोकायले भन्नुभयो–‘कम्युनिष्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिएपनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’

उहाँले आफूले २३ वर्षसम्म नेकपा (एमाले)मा रहेर काम गरेको स्मरण गराउनुभयो । तर, २०७० सालमा एमाले परित्याग गरेको र २०७१ मा तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरेको स्मरण गर्दै रोकायाले प्रचण्ड, कृष्णबहादुर महरा, शक्ति बहादुर बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुसँग छलफल र संवाद गरेर प्रचण्डकै उपस्थितिमा केन्द्रिय कमिटीको बैठक चलिरहेको अवस्थामा समाहित भएको प्रस्टाउनुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ५ : २९ बजे