भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

काठमाडौँ महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवारसहित ५५ जना एमालेमा प्रवेश 

काठमाडौँ । काठमाडौँबाट माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारसहित ५५ जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद अमगाईंसहित काठमाडौँ महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेत लगायतको ५५ जनाको समूह एमाले प्रवेश गरेको हो ।

एमाले काठमाडौँले तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना गरेको कार्यक्रममा अमगाईँ र बस्नेतसहित काठमाडौँका ५५ जना माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव दीपक निरौलाले जानकारी दिनुभयो ।

एमालेका बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारी, अरुण नेपाल, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, सचिव खेम लोहनी, काठमाडौँ महानगर कमिटी अध्यक्ष निर्मल देउलालगायतले  आज एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलई स्वागत गर्नुभएको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : ३७ बजे