भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

माधव नेपाल अस्वस्थ भएपछि गठबन्धनको बैठक अनिश्चित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाएको सत्तारुढ गठबन्धनको बैठक अनिश्चित भएको छ ।

बालुवाटारमा आज बस्ने बैठकमा कसले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि मात्रै  मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो । तर माधव नेपाल विरामी परेपछि बैठक नै अनिश्चित भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बैठक बस्ने भनिए नेपाल बिरामी भएकाले समय तय भइनसकेको बताउनुभयो ।
सरकार गठनको ८० दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्तारुढ गठबन्धनमा रहेका चार दलबीच मन्त्रिपरिषद् विस्तारबारे ठोस् सहमति हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको हो ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : ३५ बजे