भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एमाले अध्यक्ष ओलीद्धारा विधान महाधिवेशन गरिने हलको निरीक्षण

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गर्नुभएको छ ।

यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उहाँ गोदावरी पुग्नुभएको हो । अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुग्नुभएको थियो ।

अध्यक्ष ओलीले आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिनुभयो । विधान महाधिवेशनमा करिब ५ हजार कार्यकर्ता सहभागि हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : २५ बजे