भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि.शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। उहाँको त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली संलग्न रहेको सचिवालयले जनाएको छ ।

स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ५७ बजे