भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

विमान चाहिँ दुई पाईलटले चलाउँदा राम्रो तर पार्टी चै चल्ने रैनछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने बताउनुभएको छ । मंगलबार सम्पादकहरुसँगको छलफलमा नेकपा विभाजनको सन्दर्भलाई लिएर ‘दुई पाइलटले चलाएको विमान दुर्घटनामा पर्‍यो नि’ भन्ने प्रश्नमा ओलीले विमान चले पनि पार्टी भने नचल्ने बताउनुभएको हो ।

ओलीले भन्नुभयो,–‘प्लेन चाहिँ दुईटै पाइलटले चलाउँछन्, त्यो राम्रै चलेको पनि देखिन्छ । तर, पार्टीमा चाहिँ त्यस्तो नहुने रहेछ । अब चुनावपछि बहुमत ल्याएर एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाइन्छ ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर भनेको नेकपामा दुई अध्यक्ष राखिएपछि ओलीले त्यसलाई दुई पाइलटले चलाएको जेटको संज्ञा दिनुभएको थियो । दुई पाइलटले कुशलतापूर्वक जेट चलाउँछौं भनेर सार्वजनिक अभिव्यक्ति आएकाले सम्पादकले उक्त प्रश्न तेस्र्याएका थिए । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : २७ बजे