झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

मुटु जोगाउने यस्ता छन् डा.कोइरालाको सुझाब

काठमाडौं । मुटु रोगका कारण विश्वमा एक करोड़ सतहत्तर लाख मानिसहरु प्रत्येक बर्ष मर्छन् । अप्रत्यासित रूपमा अपर्झट देखापर्ने र तत्काल आवश्यक व्यवश्थापन हुननसके ज्यानै जान सक्ने यो समस्या अकस्मात देखापर्ने भएकाले मुटुलाई जोगाउन विशेष ध्यान दिनुपर्ने हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा लामोसमयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरु जम्मा भएर धमनी साँघु¥याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ । उपरोक्त पदार्थहरु जम्मा भएर धमिनी सागुरिएको ठाउँमा धमनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरु लाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरु मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हुन नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटुरोग ‘एक नम्बर किलर’ भएकाले यसमा सचेत हुन सबैलाई आग्रह गर्नुभएको छ । विश्व मुटुरोग दिवसका अवसरमा जनचेतना मुलक सुझाब दिदै डा. कोइराला भन्नुहुन्छ ,‘बालबालिकामा जन्मजात मुटुरोग देखिन थालेको छ । कतिपयको घाँटी दुख्ने रोगले समस्या निम्ताएको छ, अनुहार नीलो हुने, स्याँस्याँ हुने आदि लक्षण देखिन्छन्, बेलैमा चिकित्सकको परामर्श लिएमा बँच्न सकिन्छ,। ’ वयस्कले पनि ३०–४० वर्षको उमेरदेखि नै ब्लडप्रेसर र सुगर नाप्ने आदि गर्दा बेलैमा मुटुरोगको संकेत मिल्छ । र, नियमित व्यायाम र खानपिनमा ध्यान दिने हो भने स्वास्थ्य केही सहज हुन्छ ।’

मुटुरोग लाग्न नदिने मनन गर्नुपर्ने कुराले  ‘मुटु सहित नसर्ने रोग लाग्न नदिन आफैं जिम्मेवार बन्नुपर्छ । अनियन्त्रित तरिकाले खानपिन गर्नुहुन्न । कार्बोहाइड्रेट, बोसोयुक्त र गुलियोपन भएका खाना मिलाएर खानुपर्छ । धूमपान र मद्यपान छोड्नुपर्छ । पसिना निकाल्ने खाले व्यायाम नियमित गर्नुपर्छ । सुगर र प्रेसर नियन्त्रणमा राख्नुपर्छ । तनाव व्यवस्थापन गर्नुपर्छ र मोटोपनलाई समयमै रोक्नुपर्छ ।’

मुटुरोग लगायत नसर्ने रोगका कारण राष्ट्र र परिवारले ठूलो बोझ उठाउनु परिरहेको उहाँको अनुभव छ । कोइराला भन्नुहुन्छ, “भन्न सजिलो, गर्न गाह्रो । मैले भनेका कुरा सबैलाई थाहा छ । अनुशासित जीवनशैली अँगाल्न नसक्दा कतिपय युवा उमेरमै ठाउँको ठाउँ ढलेर मृत्युको मुखमा पुग्ने, अपांग भएर या डराई डराई बाँच्नुपर्ने अवस्थामा छन् । न धूमपान छाड्ने, न मद्यपान छाड्ने ।”

जनता जिम्मेवार हुने अनि सरकारले नयाँ नयाँ पहल गरेर सुगर र प्रेसरका न्यूनतम परीक्षण निःशुल्क गर्ने हो भने मुटुरोगीको संख्यामा कमी आउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमै मुुटुरोग पत्ता लगाउन सके राष्ट्रिय धनजनको क्षति कम गर्न सकिन्छ । सरकारले सुगर र ब्लडप्रेसरको निःशुल्क परीक्षणको व्यवस्था मिलाउन सक्नुपर्छ । किनभने प्रायः जसो पैसा खर्च हुन्छ भनेर जँचाउनै जाँदैनन् । यसो गर्दा परिवार र सरकारको उपचार खर्चमा महँगो हुन पाउँदैन ।”

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ०७ बजे