झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

चट्याङ लागेर एक जनाको मृत्यु

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा  चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

यहाँस्थित राजापुर नगरपालिका– १० मा  चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । 

मङ्गलवार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो  । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : ५५ बजे