भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता जारी 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा र दाहालबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ ।
 
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार भेट केहीबेर अघि सुरु भएको हो ।
 
यसअघि सत्तारुढ गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो । सहमतिअनुसार नै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ । गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्रालय राख्ने सहमति भइसकेको छ ।

माओवादी, एकीकृत समाजवादी र जसपाले १–१ राज्यमन्त्रीसमेत पाउने सहमति भएको छ । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : ३४ बजे