काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।
आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ।
पुन केही समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको कलेजोमा वंशानुगत समस्या छ।
यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराउनुभएको थियो । उहाँलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।
पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उहाँलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १० : ३० बजे
प्रतिक्रिया