भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

केपी शर्मा ओलीलाई अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार छैन : पौडेल  

काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेलले केपी शर्मा ओलीलाई अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार नभएको बताउनुभएको छ । पार्टीको लोकतान्त्रिकीकरणका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हदको कुरा विधानमा समेटिएको तर केपी आली ७० वर्ष नपुगेका कारण अध्यक्षको उम्मेदवारमा कुनै छेकबार नभएको बताउनुभएको हो ।

पत्रकारसँगको कुराकानीमा उहाँले भन्नुभयो , “पार्टीको लोकतान्त्रिकीकरणका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हदको कुरा विधानमा समेटिएका हो । दुई कार्यकाल, उमेर हदका विषय पहिल्यै निर्णय भइसकेका कुरा हुन् । आजीवन नेतृत्वमा बस्ने प्रवृत्ति हटोस् र नेतृत्व हस्तान्तरण हुँदै होस् भनेर ती प्रबन्ध गरिएका हुन् । केपी शर्मा ओली अहिले ७० पुग्नुभएको छैन । उहाँलाई अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार छैन । पार्टीले पत्याएसम्म उहाँ अध्यक्ष रहिरहनुहुन्छ ।” उहाँले भन्नुभयो , “१० बुँदे सहमति कुनै निर्णय थिएन । त्यो सिफारिस मात्र थियो । केन्द्रीय कमिटीले रचनात्मक रुपमा लागू गर्ने भनेर अन्तर पार्टी निर्देशन गरेको हो । सबैजसो ठाउँमा कार्यान्वयन भइसकेको छ । तर सुदूरपश्चिममा बाँकी भएको सत्य हो ।,” उहाँले थप्नुभयो ।

विशाल आचार्य

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ०८ बजे