झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

टिकट काउन्टर सुनसान बनेपछि व्यवसायीको गुनासो, दशैं कसरी मनाउने ?

काठमाडौं । दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर हिजोदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । टिकट बुकिङ खुल्ला गरिएपनि पोहोर परारको अनुपातमा यात्रु भने आएका छैनन् । सुन्धारा बसपार्कको टिकट काउन्टरमा बस्नुभएका राम मैनाली मलिन स्वरमा भन्नुहुन्छ,“पोहोर परारको अनुपातमा दुई प्रतिशत पनि मानिस आएका छैनन् हामीलाई त कोरोनाले थलै बनायो अझ दशैँकै बेला केहि हुन्छ कि भन्ने थियो होला जस्तो छैन ।” उनले भने, “अब परिवार पाल्नै धौ धौ होला जस्तो छ दशैँ कसरी मनाउने ? घरमा बाल बच्चा छन लुगा कपडा किन्नै पर्यो पोहोर पनि बन्द नै भयो पेशा यहि नै हो अब हामी कहाँ जाने ?” उनले गुनासो गर्दै भने ।

“गत वर्ष २५ लाख मानिसले उपत्यका छाडेका थिए तर यो वर्ष काठमाडौँ छोड्नेको सङ्ख्यामा  कम हुने आङ्कलन गरिएको छ ।” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कर्मचारी राजु बुढा बताउँछन् ।  कोरोना संक्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौँ छोड्नेको संख्यामा कमहुने उनी बताउँछन् । यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरू थप्दै जाने र यात्रुहरूको सेवाका लागि बिहान ५ बजेदेखि बेलुकी ६ बजे सम्म काउन्टर खुल्ला रहने हाललाई भने यात्रुहरूलाई कलङ्की स्थित नयाँ बसपार्क काउन्टरबाट मात्र सेवा दिई रहेको बुढाले जानकारी दिए ।
विशाल आचार्य

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : ०७ बजे