भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ल्यान्डिङ गियरमा समस्या भएर हिजो दिनभर तनाब दिएको बुद्धको जहाज आजै उड्यो

काठमाडौं । ल्यान्डिङ गियरमा समस्या देखिएको भनिएको बुद्ध एयरको ९ एन–एएनआई कलसाइन जहाजले उडान गरेको छ ।

मंगलबार ल्यान्डिङ गियर नखुलेका कारण यो जहाज करिब दुई घण्टा आकाशमा होल्ड भएको थियो । दुई घण्टासम्म नखुलेको भनिएको ल्यान्डिङ गियर खुलेपछि सामान्य अवस्थामा ल्यान्ड गरिएको थियो ।

मंगलबार सवा १० बजे ल्यान्ड गरिएको उक्त विमान २४ घण्टा नपुग्दै पुनः उडान गरेको हो । मंगलबार के समस्या भएको थियो भन्ने विषयमा छानबिन गर्न समिति पनि बनाइएको छ । तर, प्रतिवेदन नआउँदै बुद्धले उक्त विमान उडाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले उक्त विमानमा कुनै समस्या नदेखिएपछि कम्पनीले उडान सुरु गरेको हुन सक्ने बताए । “हिजो ल्यान्ड गरिसकेपछि त्यसमा के समस्या भएको हो भन्ने हाम्रा कर्मचारीले पनि अध्ययन गरेका थिए । त्यसमा समस्या देखिएन । सोही कारण कम्पनीले पुनः उडान सुरु गरेको कर्मचारीले बताए ।

तर, प्राधिकरणकै कर्मचारी भने छानबिन समितिको प्रतिवेदन नआउँदै जहाज उडाउनु बुद्ध एयरले सुरक्षामा ध्यान नदिएको स्पष्ट भएको आरोप लगाए । “हिजो त्यत्रो समस्या देखिएपछि एकरदुई दिन पनि जहाज होल्ड गर्न नसक्नु अचम्मको कुरा हो । यसले सुरक्षामा ध्यान दिएको देखिएन,” उनले भने ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : २० बजे