भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सम्पादकसँग साक्षात्कार गर्दै अध्यक्ष ओली

काठमाडौं– विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न मिडिया हाउसका सम्पादकसँग साक्षात्कार गर्ने तयारी गर्नुभएको छ ।

सचिवालयका अनुसार अध्यक्ष ओलीले अपरान्ह साढे ४ बजे अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ ।

पत्रकार सम्मेलनको व्यवस्थापन एमाले प्रचार विभागले गर्नेछ । विधान महाधिवेशनको तयारी, सरकारका गलत क्रियाकलापबारे पार्टी धारणा, संसद अवरोध, पार्टीका नयाँ रणनीति र कार्यक्रमबारे अध्यक्ष ओलीले धारणा प्रस्तुत गर्नुहुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : १४ बजे