झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एभिएसन म्युजियम भित्र खुल्यो फुड क्याफे 

​​​​​​​काठमाडौँ – काठमाडौँको सिनामंगलमा अवस्थित एभिएसन म्युजियमको प्राङ्गणमा आजबाट फुड क्याफे खुलेको छ ।

वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित एभिएसन म्युजियम घुम्न आउने आगन्तुकहरुका लागि म्युजियमको प्राङ्गण भित्र सस्तो र मिठो खाना ख्वाउने उद्देश्यले त्यहाँ पहिलो पटक क्याफे खोलिएको हो । यस अघि त्यहाँ घुम्न आएका आगन्तुकहरु बाहिर गएर नास्ता खानु पर्ने अवस्था थियो ।​​​​​​​​​​​​​​

​​​​​​​

एभिएसन म्युजियममा आजबाट सञ्चालन आएको मालिका फास्ट फुड क्याफेको उद्घाटन  मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले गर्नु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रवास इन्चार्ज तथा क्याफेका सञ्चालक गोपाल थापाका अनुसार म्युजियम घुम्न आएका आगन्तुकहरूलाई सस्तोमा मिठो र ताजा खानेकुरा खुवाउन पाउँदा आफूलाई खुसी लागेको बताउनु भएको छ । सञ्चालक थापाका अनुसार उक्त क्याफेमा बाहिर भन्दा सस्तो र मिठो खानेकुरा पाउने दाबी गर्नुभएको छ ।

​​​​​​​​​​​​​

अन्त ठाउँ भन्दा हामी आँखाकै अगाडी फ्रेस म:म: बनाएर उपलब्ध गराउँदै छौ । अहिले फास्ट फुडको  मेनुमा म:म:, चाउमिन, फ्राई राइस, स्प्रिङ रोल, थुक्पा र सुपका साथै आइसक्रिम र सफ्ट ड्रिंक्स समेत उपलब्ध रहेको थापाले बताउनु भएको छ  ।

एभिएसन म्युजियममा एउटा ठुलो प्लेन, हेलिकप्टर र बालबालिकाहरुका लागि खेल्ने ठाउँ छ भने प्लेन भित्र म्युजियमका साथै ४० जना अट्ने सेमिनार हल समेत रहेको छ ।

 

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : १० बजे