भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

यस्ता छन् मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु

काठमाडौं ।  सरकारले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकलेसो निर्णय गरेको कुरा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । साथै बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । 

त्यसैगरी, बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ गर्ने सम्बन्धमा बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गरेको छ । सरकारका प्रवक्ता कार्कीका अनुसार बैठकले तेजाव तथा अन्य धातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदमा पेश गर्ने पनि निर्णय भएको छ .यस्तै, शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउने निर्णय गरिएको छ ।

समाज कल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । परिषदका उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्य सचिव पुष्कर खाती, सदस्यहरु मनिराम बञ्जाडे, गोबिन्दबहादुर शाही, नानीमैया थापा, ब्रह्मध्वज गुरुङ र सुशीला ज्ञवालीले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : १७ बजे