भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

दल विभाजन गर्ने अध्यादेश फिर्ता गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । दल विभाजन गर्न ल्याईएको अध्यादेश फिर्ता गर्न मन्त्रिपरिषद्को बैठक डाँकिएको छ। सो अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भईसकेकाले आजको बैठकमा उत्त बिषयले प्रवेश पाउने बालुवाटार स्रोतले भनेको छ । आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिलाई सिफारिस गर्ने छ । त्यसपछि राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको घोषणा हुने छ । 

सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पुर्‍याउन संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो । सोहीअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन् ।

अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार गर्दा जसपा र अन्य राजनीतिक दल विभाजित हुने सम्भावना बढेपछि अध्यादेश फिर्ता लिन लागिएको हो । अध्यादेश फिर्ता लिएपछि माधव नेपाल र उपेन्द्र यादव समुहपनि सरकारमा सहभागि हुने भएका छन् । 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : १९ बजे